Vutlaxapu
Laxmibhuwan sun chadi

पाटन -६ स्वर्गेनी पिपलधाममा शिवरात्रीको अवसरमा मेला लाग्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पाटन नगरपालिका वडा नं -६ मा रहेको स्वर्गेनी पिपलधामामा महाँशिवरात्रीको अवसरमा मेला लाग्ने भएको छ। पौराणिक मान्यताअनुसार स्वर्गेनी पिपलधामामको दर्शन गरे मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ।

 

जय भगवति मेलौली सुनचाँदी

विगतका वर्षहरुमा स्वर्गेनी पिपलधाममा भब्य मेला लाग्ने गरेको र पछिल्ला दिनहरुमा कम हुदै गएकोले मेला भव्य रुपले मनाउने तयारी गरिएको पाटन नगरपालिका वडा नं -६ का अध्यक्ष राजेन्द्र सिंह बिष्टले बताए। परापुर्वकालदेखीनै चलिआएको परम्परालाइ जोगाउन सबैको दायित्व भएको वडा अध्यक्ष विष्टले बताए।

 

साथै वडा नम्बर -६ले एक सुचना जारी गर्दै श्रद्धालु भक्तजनहरुमा मेलामा आउन आग्रह गरेको छ। स्वर्गेनी पिपलधाममा सुरुङ र माटोको पाइपहरुको अवशेष रहेको र हेर्न मिल्ने समेत बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page