



बैतडी- बैतडीमा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन। जिल्लाको मेलौली नगरपालिका –४ तितावै तालकी ३५ वर्षीया सुनिता चन्द जंगली भालुको आक्रमणबाट गम्भीर घाइते भएकी हुन। सुनिता चन्दलाई सोमबार बिहान भालुले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरिक्षक सुरज सिंहका अनुसार खानेपानीको पाइपमा पानी नआएकोले पानीको मुहान हेर्न जादा पानीको मुहान नपुग्दै भालुले आक्रमण गरेको बुझिएको छ।घाईतकोे अवस्था मध्यम रहेको र उपचारको लागी धनगढी लगिएको प्रहरी प्रहरीले जनाएको छ।




