Vutlaxapu
Laxmibhuwan sun chadi

शिवनाथमा जिप दुर्घटना, चालकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको शिवशिवनाथ गाउँपालिकामा जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ। शिवनाथ गाउँपालिका –१ स्थित भित्री सडकखण्डमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।

 

जय भगवति मेलौली सुनचाँदी

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता सुरज सिंहका अनुसार बछलाबाट बचरा तर्फ जाँदै गरेको सुप्रप ०४–०११ ज ००६९ नम्बरको जिप राति करिब ११ बजेतिर सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा परेर २६ वर्षीय चालक केशवसिंह धामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

धामिको शव केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा राखिएको छ। आजै पोस्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने हालसम्म खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page