Vutlaxapu
Laxmibhuwan sun chadi

दोगडाकेदार–८ मा भिरबाट खसेर एक महिलाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँमा भिरबाट खसेर एक महिलाको मृत्यु भएको छ।दोगडाकेदार गाउँपालिका–८ कालागाउँ वसैला निवासी कलावती बिष्टको भिरबाट खसेर मृत्यु भएको हो।

 

शनिबार बिहान करिब ७ बजेतिर घाँस काट्न घरबाट निस्किएकी बिष्ट घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। श्रीमान् डम्बर बहादुर बिष्टले खोजी गर्ने क्रममा पथ्थरखानी भिरमाथि डोको र काटिएको घाँस फेला पारेका थिए।

जय भगवति मेलौली सुनचाँदी

त्यसपछि खोजी गर्दा करिब १०० मिटर तल उनको शव फेला परेको हो। बिहान करिब ११ बजेतिर शव भेटिएको जनाइएको छ। घटनास्थलमा पुगेपछि मृतकको दायाँ हात दुई–तीन ठाउँमा भाँचिएको तथा बायाँ खुट्टा पनि भाँचिएको अवस्थामा भेटिएको थियो।

मृतकको नाकको फुली हराएको भए पनि अन्य गहनाहरू सुरक्षित अवस्थामा भेटिएका छन्। प्रारम्भिक जानकारी अनुसार घटनामा कुनै शंकास्पद विषय देखिएको छैन।

मृतकका दुई छोरा र दुई छोरी रहेको मृतका आफन्त अनिल बिष्टले बताए।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page