


बैतडी : दाङमा नेकपा एमालेको चुनाव चिन्ह सूर्यअंकित झण्डा जलाएको विरोधमा शनिबार साँझ बैतडीको दोगडाकेदारमा पनि मसाल जुलुस प्रदर्शन गरिएको छ ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्तरुपमा दोगडाकेर गाउपालिका स्थित सिल्लेगडाबजारमा मसाल जुलुस सहित बिरोध प्रदर्शन गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल बैतडीका उपाध्यक्ष भुवन कार्कीको नेतृत्वमा गरिएको प्रदर्शन गरिएको थियो । उपाध्यक्ष कार्कीले यो प्रदर्शन देश जलाउनेहरुको विरुद्धमा रहेको बताए । राष्ट्र जलाउने, न्यायालय जलाउने, संसद भवन जलाउने र भौतिक संरचना जलाउनेका विरुद्ध यो आन्दोलन गरिएको उनले बताए।




