Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी — चुनाव प्रचारप्रसारका क्रममा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले एमाले कार्यकर्ता माथी निर्घात कुटपीट गरेका छन्।

जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रहरीका अनुसार घाइते हुनेमा डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामी रहेका छन्। दुवै जना एमाले निकट युवा संघसँग आबद्ध रहेको बताइएको छ।

जय भगवति मेलौली सुनचाँदी

झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। उनीहरूको उपचार गोकुलेश्वर अस्पताल मा भइरहेको छ।

घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

चुनाव नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला भएको यस घटनाले सुरक्षा व्यवस्थाप्रति चासो बढाएको छ।

उता रास्वपाले एमालेले आफ्ना कार्यकर्ता माथि आक्रमण गरेको भन्दै विज्ञप्ति जारी गरेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page