


बैतडी:चुनाव प्रचारप्रसारका क्रममा बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले एमाले कार्यकर्ता माथी निर्घात कुटपीट गरेपछि घाइते एमाले निकट युवा संघसँग आबद्ध डिलासैनी–७ का २८ वर्षीय जनक धामी र २६ वर्षीय माधव धामीलाइ थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यलय बैतडीका प्रबक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

झडपमा जनकको टाउको र निधारमा चोट लागेको छ भने माधवको ढाड र दाहिने खुट्टामा चोट लागेको छ।यस्तै अर्का घाइते रास्वपा समर्थक लाल सिंह धामिको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको बताए।
जिल्लाको डिलासैनी गाउँपालिका–७ लेक टोलमा बुधबार साँझ घरदैलो कार्यक्रमका क्रममा दुवै पक्षबीच विवाद चर्किएपछि झडपको स्थिति सिर्जना भएको थियो।
चुनाव नजिकिँदै जाँदा जिल्लामा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला भएको यस घटनाले सुरक्षा व्यवस्थाप्रति चासो बढाएको छ।




