Vutlaxapu
Laxmibhuwan sun chadi

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ: निर्वाचन आयोगले फागुन १८ गते (सोमबार) राति १२:०० बजेदेखि चुनावी प्रचारप्रसार पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। सो अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन आयोगले गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई निर्देशन दिन सरकारसँग आग्रह गरेको जनाएको छ।

जय भगवति मेलौली सुनचाँदी

आयोगका अनुसार फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ ९मतदान सम्पन्न नभएसम्म० अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

जिल्ला आचारसंहिता अनुगमन समितिलाई परिचालन गरी निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता २०८२ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिन र उल्लङ्घन भए कानुनअनुसार कारबाही गर्न आयोगले अनुरोध गरेको छ।

 

निषेध अवधिमा एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका सवारी, सुरक्षा निकायका सवारी साधन, विद्युत्, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतमा प्रयोग हुने सवारी, कूटनीतिक नियोगका सवारी तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी साधन सञ्चालन गर्न अनुमति दिइनेछ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page