


बैतडी: बैतडीकाे दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा चेकजाँचका क्रममा सशस्त्र प्रहरी बल नेपाल का सुरक्षाकर्मीले नेपाली कांग्रेसका एक स्थानीय कार्यकर्तालाई नगदसहित नियन्त्रणमा लिएका छन्।

सुरक्षा स्रोतका अनुसार नियमित सुरक्षा जाँचका क्रममा नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता भानदेब भट्टको साथबाट नगद रु ७९,५०० (उनासी हजार पाँच सय) तथा निर्वाचनसम्बन्धी पर्चा बरामद गरिएको हो। बरामद नगद र सामग्रीसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नेपाल प्रहरी लाई बुझाइएको बताइएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा निगरानी र चेकजाँचमा कडाइ गरिएको जनाइएको छ।




