


बैतडी — बैतडीको दोगडाकेदार गाउँपालिकामा नेकपा (एमाले)को नाममा पैसा बाँडिएको आरोप लागेको विषयमा सम्बन्धित व्यक्तिले आरोप अस्वीकार गरेका छन्।

फागुन २० गते एमालेको नाममा मतदातालाई पैसा बाँडिएको भन्ने आरोप लागेपछि भट्टले उक्त आरोप निराधार र सुनियोजित भएको दाबी गरेका हुन्। उनले आफू वा आफ्नो तर्फबाट कसैले पनि पैसा नबाँडेको स्पष्ट पारेका छन्।
भट्टले बैतडीबुलेटीनसँग भने, “निर्वाचनको समयमा मेरो छवि बिगार्ने उद्देश्यले योजनाबद्ध रूपमा यस्तो आरोप लगाइएको हो। यसमा कुनै सत्यता छैन।” भट्ट फागुन २० गते एमाले उम्मेदवारको नाममा पैसा बाड्दै गरेको आरोपमा पक्राउ परेका थिए। उता नेपाली कांग्रेस बैतडीले नेकपा एमालेका उम्मेदवार तथा कार्यकर्तासँग मिलेर काँग्रेसका कार्यकर्ताहरुलाइ पैसा बाड्दै हिडिरहेकोले निगरानी गरिदिन भनी जिल्ला प्रसासन कार्यालय बैतडीलाइ अनुरोध गरेको थियो। भने पार्टीको साधारण सदस्य समेत नरहने गरि निस्कासित गर्न केन्द्रीय अनुसासन समितिलाइ सिफारिस गरेको थियो।




