Vutlaxapu
Laxmibhuwan sun chadi

अन्तरपालिका भलिबल : उपाधि मेलौलीलाई, सिगास उपविजेता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : पुस-९ भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। बिहीबार भएको फाइनल खेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको हो। उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सिगासले ७५ हजार १ सय १ नगद, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

जय भगवति मेलौली सुनचाँदी

मेलौली दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको हो। यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतीय भएको छ।

पञ्चेश्वर गाउँपालिकालाई २ १ को सेटमा हराउँदै दशरथचन्द नगरपालिका तृतीय भएको हो। तृतीय स्थान हाँसिल गरेको दनपाले ५० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हाँसिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page