गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

अन्तरपालिका भलिबल : उपाधि मेलौलीलाई, सिगास उपविजेता

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
खालि ठाउँ

बैतडी : पुस-९ भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ। बिहीबार भएको फाइनल खेलमा सिगासलाई ३–२ को सेटले पराजित गर्दै मेलौलीले उपाधि हात पारेको हो। उपाधिसँगै मेलौलीले १ लाख १० हजार १ सय १ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। सिगासले ७५ हजार १ सय १ नगद, कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ।

खालि ठाँउ २

मेलौली दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउँदै फाइनलमा पुगेको हो। यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतीय भएको छ।

पञ्चेश्वर गाउँपालिकालाई २ १ को सेटमा हराउँदै दशरथचन्द नगरपालिका तृतीय भएको हो। तृतीय स्थान हाँसिल गरेको दनपाले ५० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हाँसिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। पुस ५ गतेबाट सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page