



डडेलधुरा । एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ दुई गरी तीन सांसदले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने भएका छन् । फागुन २१ मा सम्पन्न प्रत्यक्षतर्फ निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. ताराप्रसाद जोशी निर्वाचित भइसकेका छन् ।
त्यस्तै, समानुपातिकतर्फ जेनजी आन्दोलनमा घाइते डडेलधुराका मुकेशकी दिदी आकृति अवस्थी पनि खसआर्य क्लस्टरअन्तर्गत सांसदको सूचीमा समावेश छिन् । आइतबार प्रकाशन गरिएको सूचीअनुसार नेपाली कांग्रेसका तर्फबाट हरिना कामीको नाम पनि सूचीमा समावेश गरिएको छ । कामी २०७४ को स्थानीय निर्वाचनमा जिल्लाको परशुराम नगरपालिकाका कार्यपालिका सदस्य र २०७९ को स्थानीय निर्वाचनमा वडा सदस्यमा पराजित भएकी थिइन् ।




