Vutlaxapu
Laxmibhuwan sun chadi

कांग्रेस सांसद केसीले सञ्चालन गर्नेछन् प्रतिनिधि सभाको पहिलो बैठक

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा निर्वाचित अर्जुन नरसिंह केसीले प्रतिनिधि सभाको पहिलो बैठक सञ्चालन गर्ने भएका छन् ।सोमबार निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातितकर्फ निर्वाचित सूचीमा ७८ वर्षीय केसी सबैभन्दा ज्येष्ठ सांसद हुन् ।

जय भगवति मेलौली सुनचाँदी

केसीले बैठक सञ्चालन नगरेकाे अवस्थामा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का ७३ वर्षीय सांसद परशुराम तामाङले सञ्चालन गर्नेछन् । संविधानत: ज्येष्ठ सांसदले पहिलो बैठक सञ्चालन गर्छन्।

प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने संविधानको धारा ९० को उपधारा ५ मा व्यवस्था छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page