Vutlaxapu
Laxmibhuwan sun chadi

काठमाडौँबाट दार्चुला आँउदै गरेको बस सुखड नजिक दुर्घटना

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

कैलाली:कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो ।

सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते हुनुभएको छ ।

जय भगवति मेलौली सुनचाँदी

घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रत्यक्षदर्शीका अनुसार पैदलयात्रीलाई बचाउन खोज्दा बस विपरीत दिशाको सडकबाट तल खाल्डोमा पल्टिएको थियो ।

बसमा सवार केही यात्रुलाई सामान्य चोट लागेको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page