Vutlaxapu
Laxmibhuwan sun chadi

लिपुलेक हुँदै चीन र भारतको व्यापार, नेपाल बेखबर

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । नेपालको भूमि लिपुलेक भञ्ज्याङ हुँदै भारत र चीनले पुनः सीमा व्यापार सुरु गर्ने भएका छन्। त्यसका लागि भारत सरकारले त्यहाँका सरोकारवाला निकायहरूलाई निर्देशन समेत दिइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। नेपाल सरकार भने यस विषयमा अझै बेखबर र प्रतिक्रियाविहीन देखिन्छ। उत्तराखण्डको पिथौरागढ जिल्लाका अधिकारी आशिष भट्टगाइँका अनुसार सीमा व्यापारका लागि सरकारले निर्देशन दिइसकेको छ र त्यसको तयारी समेत सुरु भइसकेको टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ। सम्भवतः यो व्यापार आगामी जुन महिनादेखि सुरु हुने बताइएको छ।

जय भगवति मेलौली सुनचाँदी

भारतको विदेश मन्त्रालयले पनि व्यापारका लागि अनुमति दिइसकेको छ। भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका अधिकारीहरूलाई सीमा व्यापारको तयारी गर्न आग्रह गरिसकेका छन्। यसका लागि भारतको गृह मन्त्रालय र वाणिज्य तथा उद्योग मन्त्रालयले समेत अनुमति दिइसकेको बताइएको छ। तर, यसबारे नेपालको गृह मन्त्रालय र उद्योग मन्त्रालय दुवैलाई जानकारी छैन।

सीमा व्यापारका लागि आवश्यक मुद्रा सटहीका लागि तोकिएको बैंक र भन्सार विभाग लगायतका विषयमा कार्ययोजना तयार गर्न विदेश मन्त्रालयले निर्देशन दिइसकेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page