


बैतडी : बैतडीको शिवनाथ गाउँपालिकाले एम्बुलेन्स थप गरेर बर्थिङ सेन्टर घटाउने भएको छ ।
आईतबार शिवनाथ गाउँपालिकामा स्वास्थ्य शाखाको समीक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर साउँदले एम्बुलेन्स थप गरेर बर्थिङ सेन्टर घटाउन बिषयमा छलफल भइरहेको बताएका छन् ।

बर्षमा २ वा ३ तीन मात्र सेवा ग्राही आउने बर्थिङ सेन्टर अगामी आर्थिक बर्षबाट हटाउने उनको भनाई छ ।
एम्बुलेस नयाँ खरिद प्रक्रियामा भएको गर्भवतीका लागि सुरक्षित प्रसूति सेवा निशुल्क प्रदान गर्ने बताए । अहिले पनि गाउँपालिले प्रसूति महिलाका लागि नि:शुल्क सेवा दिइरहेको छ ।
गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समग्र स्वास्थ्य सेवाको अवस्था, उपलब्धि तथा चुनौतीका विषयमा विस्तृत समीक्षा गरिएको थियो। कार्यक्रममा स्वास्थ्य सूचक सुधारका लागि आवश्यक पहल र रणनीतिबारे बृहत छलफल भएको थियो।
अध्यक्ष साउँदले गाउँपालिकाभित्र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न आवश्यक कदम चालिने बताए। कार्यक्रममा स्वास्थ्यकर्मी, सरोकारवाला निकाय तथा जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।




