Vutlaxapu
Laxmibhuwan sun chadi

शैक्षिक संस्थाहरूमा प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स बन्द गराउने सरकारको निर्णय

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । विभिन्न संस्थाहरूले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सलाई आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने सरकारले निर्णय गरेको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान र शिक्षामा नकारात्मक प्रभाव पार्नुका साथै अनावश्यक आर्थिक बोझ बढाएको ठहर गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि नै भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रमहरूले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्ने गरेको मन्त्रालयको निष्कर्ष छ ।

यस सम्बन्धमा मन्त्रालयका माननीय मन्त्रीस्तरबाट चैत १३ गते नै निर्णय भएको र सोही अनुसार कार्यान्वयन गर्न सम्बन्धित सबैमा निर्देशन दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन् ।

मन्त्रालयले यस्ता कार्यक्रमहरू आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्न तथा कार्यक्रम सञ्चालन भए/नभएको अनुगमन गर्न समेत निर्देशन दिएको छ । यदि कुनै संस्थाले यो निर्णयविपरीत कार्यक्रमहरू सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन गरिएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page