Vutlaxapu
Laxmibhuwan sun chadi

ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

जय भगवति मेलौली सुनचाँदी

न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो । ओलीकी पत्नी राधिका शाक्यले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन्। सोही निवेदनमाथि सुनुवाइ गर्दै अदालतले लिखित जवाफसहित पक्राउको कारण पेस गर्न आदेश दिएको हो। भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएको कामकारबाहीलाई लिएर ओलीमाथि प्रश्न उठेको थियो। घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो।

 

उक्त सिफारिसका आधारमा शनिबार बिहान ओली र लेखक पक्राउ परेका थिए। हाल दुवै जनामाथि थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page