Vutlaxapu
Laxmibhuwan sun chadi

२४ घन्टा नबित्दै आफ्नै निर्णयबाट पछि हट्यो शिक्षा मन्त्रालय

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

काठमाडौं:शिक्षामन्त्री सस्मित पोखरेलले एसइई दिएका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताएका छन्।

सोमबार मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा एसइई दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्ष्य गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताए।

जय भगवति मेलौली सुनचाँदी

‘एसइई दिएका विद्यार्थीलाई ब्रिज कोर्सले तानातान गर्ने भएकाले यो तत्कालै रोक्ने निर्णय गरिएको हो,’ उनले भने।

मन्त्रालयले आइतबार ‘विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने’ निर्णय सहितको सूचना सार्वजनिक गरेको थियो।

तर त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि सोमबार बिहान उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page