Vutlaxapu
Laxmibhuwan sun chadi

छुटे पूर्वसिडिओ छवि रिजाल

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल छुटेका छन्।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले जिम्मा जमानीमा छाडेको एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

‘उहाँसँग बुझ्नुपर्ने कागजातहरू सबै बुझ्यौं। बुझेपछि खोजेका बखतमा उपस्थित हुने गरी जिम्मा जमानीमा छाडेका छौं,’ उनले भने।

रिजाललाई उनका भतिजको जिम्मामा छाडिएको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबार बिहान सुविधानगरस्थित घरबाट पक्राउ गरेको थियो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई पनि कारबाहीको सिफारिस गरेको थियो।

जय भगवति मेलौली सुनचाँदी

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सुरक्षा संयन्त्र बाहेकको हकमा अन्यमाथि आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भनेको थियो।

शनिबार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई समेत पक्राउ गरिएको थियो।

त्यतिबेला सिडिओलाई जिल्ला सुरक्षा समितिको अध्यक्ष समेत हुने भएकाले पक्राउ नगरिने भनिएको थियो। तर मंगलबार बिहान एकाएक पक्राउ गरिएको थियो। यसैबीच उनलाई छाडिएको हो।

परिसरका प्रवक्ता एसपी भट्टराईलाई मन्त्रिपरिषदको निर्णयले गर्दा छाडिएको हो? भनेर सोधेका छौं।

‘मन्त्रिपरिषदको निर्णयमा दुई वटा कुरा उल्लेख छ। यस विषयमा उहाँहरूको हकमा के गर्ने हो भनेर बुझिराख्ने र पछि अगाडि बढ्ने भन्ने हो,’ उनले भने, ‘अहिले भर्खरै उहाँ छुट्नुभयो।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page