Vutlaxapu
Laxmibhuwan sun chadi

अमिशा पराजुलीले दिएका १९ वटा फेसबुक आइडीको परिचय खोज्दै साइबर ब्युरो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै २० वर्षीया अमिशा पराजुलीले दिएको उजुरीमा अनुसन्धान प्रक्रिया अघि बढेको छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा सडक प्रदर्शनमा भाग लिएकै कारण आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले बुधबार साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

उक्त उजुरीमा अनुसन्धान सुरू भइसकेको ब्युरोका प्रवक्ता एसपी दिलिपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार अमिशाले १९ वटा फेसबुक आइडीविरूद्ध कानुनी कारबाही हुनुपर्ने भन्दै जाहेरी दिएकी छन्। जाहेरी प्राप्ता हुनासाथ कानुनी प्रक्रिया अगाडि बढाइएको गिरीले बताए।

जय भगवति मेलौली सुनचाँदी

‘हामीले प्राप्त फेसबुक आइडीहरूको पहिचान खोजिरहेका छौं। कतिपय आइपी एड्रेस मेटा (फेसबुक) कम्पनीबाटै मगाउनुपर्ने हुन्छ,’ एसपी गिरीले भने, ‘यसका लागि हामीले अनुसन्धान अघि बढाइसकेका छौं। तर अहिलेसम्म कसैलाई नियन्त्रणमा लिइएको छैन।’

सामाजिक सञ्जालमा कमेन्ट गर्ने र ट्रोल बनाउनेहरू धेरैजसो झूटो विवरण राखेर बनाइएका आइडी हुन्छन्। त्यसले उनीहरूको विवरण खोज्न केही दिन समय लाग्न सक्ने गिरी बताउँछन्।

उनका अनुसार कतिपय तथ्यांक मेटा कम्पनीसँगै माग्नुपर्ने हुन्छ। उनीहरूले कहिले तत्काल विवरण पठाइदिन्छन्। कहिले लामो समय लगाउने गरेको अनुभव छ।अमिशाले ओली पक्राउविरूद्ध एमालेले आयोजना गरेको सडक प्रदर्शनमा आफ्नो धारणा व्यक्त गरेकी थिइन्। उनले विरोध प्रदर्शनमा व्यक्त गरेको विचारलाई लिएर सामाजिक सञ्जालमा उनीमाथि अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गर्दै गालीगलौज गर्नेहरूको ओइरो लागेको छ।

अमिशाले ‘केपी बालाई रिहा गर, केपी बा आई लभ यू’ भन्दै भीडमा नारा लगाएका भिडिओ क्लिपहरू सेयर भइरहेका छन्।

ती क्लिपमा उनको चरित्र हत्या गर्दै र सार्वजनिक रूपमा यौनहिंसाको धम्की दिँदै हजारौं कमेन्ट आइरहेका छन्। उनलाई गालीगलौज गर्ने र धम्कीपूर्ण स्ट्याटस लेख्दै ट्रोल बनाउने काम पनि भइरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page