
सुर्नयामा शिक्षक बनाइदिन चालिस हजार सम्मको बार्गेनिङ: वडाअध्यक्ष कुवरले १५हजार घुस लिएको अडियो सार्वजनिक:



बैतडी
बैतडीको सुर्नया गाउँपालिका ७ स्थीत भुवनेश्वर माध्यमिक विद्यालयमा शिक्षक भर्ना गर्दा आर्थिक लेनदेन भएको आसंका गरिएको छ । वडा नं ७ का वडा अध्यक्ष भक्त बहादुर कुवँरले शिक्षक भर्ना गर्दा आर्थिक लेनदेन गरिएको फोन रेकर्ड सार्बजनिक भएको छ ।

वडा अध्यक्ष कुवँर नै उक्त विद्यालयका विदालय व्यवस्थापन समिती अध्यक्ष हुन् । फोन रेकर्डमा आवेदकसँग कुराकानी गरेको बुझिएको छ । उक्त कुराकानीमा शिक्षक भर्नाका लािग परिक्षा अगावै १५ हजार रुपैया दिएको बिषयमा कुराकानी भएको छ ।
वडाअध्यक्ष कुवँरले आफुले १५ हजार लिएको र फिर्ता गरिदिने फोनबाटै बताएका छन् । उनले रडियो सेभेनस्टारसँगको कुराकानीमा उक्त पैसा सदरमुकाममा परिक्षा गर्दा प्रयोग गर्न लिएको बताए ।
आवेदकले सदरमुकाममा नै परिक्षाको माग गरेको र त्यँहा आउन जान तथा अन्य खर्च बाफत लिएको बताएका छन् । भुवनेश्वर माबिमा अंग्रेजी विषयको शिक्षक भर्नाको आह्वान गरिएको थियो ।
६ जनाले आबेदन दिएकोमा परमानन्द भट्ट छनौट भएका छन् ।



