Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी : बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

शुक्रबार दिउँसो १ः ३० बजेतिर सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चाैडी सडकखण्डमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकरी दिए।

श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चाैडी नगरपालिका–५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका–८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।

 

जय भगवति मेलौली सुनचाँदी

मृत्यु हुनेमा सुर्नया–८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेका प्रहरी निरीक्षक सिंहले बताए।

 

दुर्घटनामा परि पुर्चाैडी–५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षी हिक्कमत कुँवर, सिगास गाउँपालिका–९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका उहाँले बताए।

घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको भने अन्यको अवस्था सामान्य रहेको छ ।

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page