Vutlaxapu
Laxmibhuwan sun chadi

कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

कञ्चनपुरः कञ्चनपुरबाट खैरो हेरोइनसहित ४ जना पक्राउ परेका छन्।बेलडाँडी गाउँपालिका–३ बनपुरुवाबाट अवैध खैरो हेरोइन ८ सय ६० मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–३ बस्ने २२ वर्षीय सुनिल चौधरी र १८ वर्षीय हसिव चौधरी पक्राउ परेका हुन्। प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले दुबै जनालाई आईतबार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ।यसैगरी बेलौरी नगरपालिका–१० दर्सिखल्लाबाट बेतकोट नगरपालिका–६ ओझाखाली बस्ने ३२ वर्षीय इश्वर डगौराले चलाएको सु.प.प्र ०२–००३प. २३७३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा निजको साथबाट १० ग्राम ५२० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित सोही मोटरसाइकल पछाडी सवार बेतकोट नगरपालिका–५ बस्ने २५ वर्षिय आकाश डगौरालाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुबै जनालाई आईतबार बेलुका पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page