Vutlaxapu
Laxmibhuwan sun chadi

रामलिला हेर्न गएका शिक्षक बोहरा माथि कुटपिट गर्ने दुई जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

दार्चुला । बैतडीको सेटिगाउँ माध्यमिक विद्यालयका शिक्षक मानबहादुर बोहरामाथि कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

शैल्यशिखर ९ गोकुलेश्वरमा सञ्चालित रामलिला हेर्न गएका शिक्षक बोहरा माथि शुक्रबार राति कुटपिट भएको थियो । बोहरालाई कुटपिट गरेको आरोपमा शैल्यशिखर नगरपालिका–९ का २९ वर्षीय भूपेन्द्र धामी र शैल्यशिखर–५ का २५ वर्षीय राजेन्द्र डाँगा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार राति करिब ११ बजे भएको कुटपिटमा घाइते भएका बोहरालाई उनिहरुले एयरपोर्ट नजिकै छोडेर फरार भएको पारिवारिक स्रोतले जनाएको छ। घाइते बोहरा शनिबार बिहान आफैं गोकुलेश्वर अस्पताल पुगेका थिए।

 

गोकुलेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि उहाँलाई थप उपचारका लागि कैलाली रिफर गरिएको प्रहरीले जनाएको छ। बोहराको अनुहारमा चोट लागेको छ भने हाल स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरी निरीक्षक भट्टले जानकारी दिए।

 

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page