Vutlaxapu
Laxmibhuwan sun chadi

जोगबुडामा झाडापखालाले एक बालकको मृत्यु

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेल्धुराः डडेल्धुरा जिल्लाको भित्री मधेश जोगबुडामा झाडापखालाका कारण एक सात वर्षीय बालकको मृत्यु भएको छ । अत्यधिक गर्मी हुने चुरे क्षेत्र अन्तर्गत परशुराम नगरपालिका–२ मा झाडापखालाको प्रकोपसँगै बालकको मृत्यु भएपछि एकै परिवारमा शोक छाएको छ ।एकै परिवारका चार जनालाई एक्कासि झाडापखाला लागेपछि अस्पताल लैजाने क्रममा ७ वर्षीय बालक युवराज बुढामगरको बाटोमै मृत्यु भएको हो ।

जय भगवति मेलौली सुनचाँदी

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार झाडापखाला लागेका मृतककी आमा र अन्य तीन बालबालिका अस्पतालमा भर्ना गरिएका छन् । उनीहरूको हाल उपचार भइरहेको छ । तीनै जना बालबालिकामा झाडापखाला देखिएको र आमा भने अत्यधिक तनावका कारण प्रभावित भएको उनले बताए।

 

झाडापखाला लागेका उनीहरूको हैजाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको घिमिरेले जानकारी दिए। प्रारम्भिक रूपमा फूड पोइजनका कारण झाडापखाला र बान्ता भएको आशङ्का गरिएको छ । उहाँका अनुसार हाल उपचाररत सबैको अवस्था सामान्य रहेको छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page