Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीका १० ओटै स्थानीय तहमा पूर्ण खोप सुनिश्चितका घरधुरी सर्वेक्षण थालियो

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

पूर्ण खोप सुनिश्चितताका लागि बैतडीमा घरधुरी सर्वेक्षण सुरु भएको छ । पुर्ण खोपयुक्त जिल्ला घोषणा अभियान अन्र्तगत जिल्लाका १० ओटै स्थानीय तहमा घरधुरी सर्वेक्षण थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप लगाए÷नलगाएको बारेमा जानकारी लिनका लागि नमूनागत रुपमा घरधुरी सर्वेक्षण गर्ने कार्य भईरहेको भट्टले बताउनुभयो । १० ओटा स्थानीय तहका तीनतीन वडाका कम्तिमा १५–१५ घरहरुमा सर्वेक्षण भईरहेको छ । १५ महिना देखि २ वर्ष उमेर समुहका बालबालिका रहेका घरलाई छनोटको दायरामा ल्याई सर्वेक्षणको काम भईरहेको छ ।
पालिकाहरुले यसअघि नै प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरिसकेकाले सो कार्यलाई प्रमाणीकरण गर्नका लागि जिल्लाभरी घरधुरी सर्वेक्षण कार्य थालिएको हो । स्वास्थ्यकर्मी, खोप समन्वय समितिका पदाधिकारी, रेडक्रसकर्मी लगायतको सहभागितामा पूर्ण खोप सुनिश्चित गर्न घरधुरी सर्वेक्षण भईरहेको छ । सवेक्षणका क्रममा छुटेका बालबालिकालाई पुर्ण खोप दिई पुर्णखो सुनिश्चित जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको भट्टको भनाई छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page