Vutlaxapu
Laxmibhuwan sun chadi

हट्यो सगरमाथा आरोहणको अवरोध

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं । शेर्पाको समूहले सगरमाथा आरोहणको पथमा रहेको अवरोध हटाएका छन् ।

जय भगवति मेलौली सुनचाँदी

हिउँको ढिस्कोका कारण अवरुद्ध आरोहण पथलाई शेर्पाको समूहले सुचारु गरेका हुन् । १०० फिट जतिको हिउँको ढिस्कोका कारण सगरमाथा आरोहण गर्ने बाटो अवरुद्ध थियो ।

उक्त अवरोध हटाउँदै त्यहाँ बाटो बनाइएको छ । लाक्पा शेर्पाको संयोजकत्वमा अवरोध हटाउँदै पथ बनाइएको हो । अवरोध हटेसँगै आरोहीहरूलाई आधार शिविरबाट यात्रा प्रारम्भ गर्न मिल्ने अवस्था सिर्जना भएको पर्यटन विभागकी अधिकारी निशा थापाले जनाएकी छिन् ।

सगरमाथा आरोहणका लागि यस सिजनमा ४२५ आरोहीले अनुमति लिएका छन् । उनीहरूले १५ हजार डलर तिर्दै अनुमति लिएका हुन् । अप्रिल र मे सगरमाथा आरोहणका लागि उत्तम सिजन मानिन्छ ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page