Vutlaxapu
Laxmibhuwan sun chadi

कैलाली र कञ्चनपुरबाट ९ जना लागूऔषधसहित पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः कैलाली विभिन्न स्थानबाट ६ जना लागूऔषधसहित पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–८ राधास्वामी मन्दिर नजिकबाट ४ ग्राम २०० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय संजय रानालाई वुधवार दिउँसो जिल्ला प्रहरी प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।यसैगरी भजनी नगरपालिका–५ गुलरियाघाटबाट खैरो हिरोईन ५०० मिलिग्रामसहित २ जनालाई वुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका–४ बस्ने २० वर्षीय करन बि.क. र सोही ठाउँ बस्ने २६ वर्षीय चन्दरे टमट्टा रहेका छन्। इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१–०१२ प ९०१० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, मोटरसाइकलसहित निजहरु दुवै जनालाई पक्राउ गरेको हो।

 

यसैगरी, कैलाली भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हिरोईन ५ ग्राम ७० मिलिग्रामसहित ३ जनालाई वुधवार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका–१ बस्ने ४४ वर्षीय सुरेन्द्र चौधरी, सोही ठाउँ बस्ने ३० वर्षीय भुवन कठरिया र सोही ठाउँ बस्ने २१ वर्षीय प्रसन चौधरी रहेका छन्।

जय भगवति मेलौली सुनचाँदी

बिशेष गोप्य सूचनाको आधारमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय भजनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुईवटा साइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारि उक्त पदार्थ, साइकल सहित तिनै जनालाई पक्राउ गरेको जनाएको छ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित भन्सार ब्यारेल नजिकबाट ५ ग्राम ६० मिलिग्राम खैरो हिरोइनसहित २९ वर्षीय रबिन बिष्ट पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले भारतबाट आएको युके–०३ टीए ७७२७ नम्बरको भारतीय कार जाँच गर्दा उक्त पदार्थ फेला पारेको हो।

 

त्यसैगरी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ क्याम्प चेकपोष्ट नजिकबाट २ ग्राम ६०० मिलिग्राम खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय मनिष थापा र बेलडाँडी–५ झिलमिलाका २५ वर्षीय मनोज खड्का रहेका छन्। प्रहरीले सबै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page