Vutlaxapu
Laxmibhuwan sun chadi

७७ वटै जिल्लालाई गृहको परिपत्र- अतिक्रमित जग्गा पहिचान गर्नू, हटाउन सुरक्षा प्रबन्ध मिलाउनू

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौं:गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अतिक्रमणमा रहेका सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गर्न पत्राचार गरेको छ।

बुधबार गृहका शाखा अधिकृत कृष्ण देवकोटाका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र पठाइएको हो।

जय भगवति मेलौली सुनचाँदी

उक्त परिपत्रमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी हटाउने योजना सम्बन्धित निकायबाट माग गरी गृहमा पठाउन भनिएको छ।

त्यस्तै, मन्त्रालयले स्वीकृति दिएपछि हटाउने कार्यका लागि यथोचित सुरक्षा प्रबन्ध मिलाउन पनि भनेको छ।

‘उल्लिखित पत्र बमोजिम सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी यस मन्त्रालयमा पठाउनु हुन र मन्त्रालयको स्वीकृति पश्चात् अतिक्रमण हटाउने कार्यका लागि यथोचित सुरक्षा प्रबन्ध लगायत अन्य आवश्यक सहजीकरण गर्नुहुन मिति २०८३/०१/१६ (सचिवस्तर) को निर्णायानुसार अनुरोध छ,’ गृहको परिपत्रमा उल्लेख छ।

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page