Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा पछिल्ला पाँच दिनमै १५२ जना कुपोषित बालबालिका फेला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी: बैतडीमा पछिल्ला पाँच दिनमै १५२ जना कुपोषित बालबालिका फेला परेका छन्। जसमध्ये १९ जना कडा कुपोषणबाट प्रभावित रहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।जिल्लामा वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन भइरहेको राष्ट्रिय पोषण लेखाजोखा अभियान अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेर समूहका करिब २२ हजार बालबालिकाको स्वास्थ्य परीक्षण भइरहेको छ। अभियानकै क्रममा विभिन्न स्थानमा कुपोषणको दर उच्च देखिएको हो।

स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार सिगास गाउँपालिका–२ गाँजरीमा मात्रै चार जना कडा कुपोषित बालबालिका भेटिएका छन्। उनीहरूलाई उपचारमा ल्याएर पोषिलो आहार प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ।

कार्कीले कुपोषणका अधिकांश घटनामा गरिबी प्रमुख कारण देखिएको बताए। सिगास गाउँपालिका देशकै अत्यधिक गरिब स्थानीय तहहरूमध्ये एक मानिन्छ, जहाँ गरिबी दर ६६ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्क छ।

जय भगवति मेलौली सुनचाँदी

उनका अनुसार कुपोषण र गरिबीबीचको चक्र तोड्न नसकिएसम्म समस्या समाधान कठिन हुने देखिन्छ। कुपोषित बालबालिकामा उमेरअनुसार तौल र उचाइ कम हुने, साथै शारीरिक विकास कमजोर हुने समस्या देखिएको छ।

अभियानका क्रममा भेटिएका कुपोषित बालबालिकामध्ये करिब ३७ प्रतिशत दलित समुदायका रहेको तथ्य पनि सार्वजनिक भएको छ। गत वर्ष जिल्लामा एक हजार ९३४ बालबालिका कुपोषित रहेको तथ्याङ्क थियो, जसमध्ये ३१२ जना कडा कुपोषणका बिरामीलाई स्वास्थ्य संस्थामार्फत उपचार गरिएको थियो।

 

स्वास्थ्य कार्यालय प्रमुखले अभियान मात्र पर्याप्त नहुने बताउँदै स्थानीय तहले गरिबी न्यूनीकरण र पोषणयुक्त आहारको पहुँच विस्तारमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरेका छन्।

 

यसअघि सञ्चालनमा रहेको सुआहारा कार्यक्रम बन्द भएपछि गर्भवती तथा बालबालिकाको पोषण सुधारमा थप चुनौती देखिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page