Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा वन क्षेत्रमा घरटहरा हटाउने सूचनाप्रति एमाले ध्यानाकर्षण

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:नेपाल कम्युनिष्ट पार्टी (एमाले) बैतडी जिल्ला कमिटीले वन क्षेत्रमा बसोबास गर्दै आएका नागरिकका घरटहरा हटाउने सरकारी सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

एमाले बैतडीका अध्यक्ष नरेश कुमार विश्वकर्मा द्वारा जारी प्रेस विज्ञप्तिमा डिभिजन वन कार्यालय तथा सब–डिभिजन वन कार्यालयहरूले जिल्लाका विभिन्न स्थानमा सूचना टाँस गर्दै वर्षौंदेखि बसोबास गर्दै आएका नागरिकलाई वैकल्पिक व्यवस्था नगरी घरटहरा हटाउन निर्देशन दिएको उल्लेख गरिएको छ ।

 

जय भगवति मेलौली सुनचाँदी

विज्ञप्तिअनुसार ढोल्यामोड, पाटन, गिरेगडा, रुदेश्वर, टकर, जुकेपानी, गाजरी, मेलौली लगायतका क्षेत्रमा यस्तो सूचना जारी गरिएको भन्दै त्यसप्रति आपत्ति जनाइएको छ ।

 

एमाले बैतडीले नेपालको संविधानले प्रत्येक नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै जबरजस्ती विस्थापन सामाजिक न्याय र मानवअधिकारको भावना विपरीत हुने जनाएको छ ।

 

विज्ञप्तिमा विशेषगरी दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समुदाय प्रभावित हुने उल्लेख गर्दै उनीहरूको उचित व्यवस्थापन, जग्गा नापजाँच तथा लालपुर्जा वितरण प्रक्रिया टुंगो लगाउन माग गरिएको छ ।

 

एमाले बैतडीले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई बल प्रयोग गरेर हटाउने कार्यले सामाजिक द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिँदै सरकारलाई संवेदनशील बन्न आग्रह गरेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page