


बैतडी,
बैतडीको पाटन पञ्चेश्वर सडकखण्डमा जिप दुर्घटनामा परेको छ । मेलौलीबाट पाटनतर्फ आउदै गरेको सुप प्र ०१ ००१ च ३१२५ नं को जिप (टाटासुमो) पाटन ६ को मेल्तडाको खोलामा दुर्घटना परेको हो ।

इलाका प्रहरी कार्यालय पाटनका अनुसार दुर्घटनामा परी एक जना समान्य घाईते भएका छन् । उनको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भईरहेको छ । उनको परिचय खुलेको छैन ।
खोलामा हालिएको साघुँरो पुलबाट गाडीखस्नगई दुर्घंटनामा परेको प्रहरीले जनाएको छ । खोलामा हालिएको पूल साघुरो भएका कारण दुर्घटना भएको आसंका गरिएको छ । थप अनुसन्धान भईरहेको छ ।




