Vutlaxapu
Laxmibhuwan sun chadi

पञ्चेश्वर पातललेक पालडीधुरा लिप्ट खानेपानी योजना सम्पन्न: अध्यक्ष चन्दले गरे उद्घाटन

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पञ्चेश्वर गाउपालिका वडा नं १ मा पञ्चेश्वर पातललेक पालडीधुरा लिप्ट खानेपानी योजना सम्पन्न भएको छ। पञ्चेश्वर गाउँपालिका वडा नं १ पालडीको दलित वस्तिमा १ सय १ घरधुरीमा १ सय १ खानेपानीको धारा निर्माण गरिएका छन।

उक्त योजना पञ्चेश्वर गाउपालिका तथा ल्याक परियोजनाको सहलगानीमा १ करोड ३३ लाख लागतमा सम्पन्न भएको हो । २ सय ६ मिटर टाढा खानेपानी मुहान रहेको योजनामा सोलार जडान गरेर लिफ्ट गरेर वस्तिमा पानी पुर्याइएको पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

जय भगवति मेलौली सुनचाँदी

उक्त योजना बाट सयौं दलित परिवारहरु विद्यालयहरु स्वास्थ्य कार्यालय वडा कार्यालय तथा विभिन्न सङ्घ सस्थाहरु लाभान्वित भएका पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन्। बाँजागाँजा सहित भव्यकार्यक्रमका बिच उक्त खानेपानी योजनाको उदघाटन पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्द र उपाध्यक्ष बिना भट्टले गरेको पञ्चेश्वर गाउँपालिका प्रबक्ता जनक बहादुर चन्दले बताए।

वर्षौंदेखि खानेपानीको अभावमा रहेको पालडीको दलित बस्तीका उपभोक्ताहरूले एक घर एक धारा बनेपछि खुसि भएका छन।

 

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page