



बैतडी-पुस ९
बैतडीको खोडपे मा ग्लोबल आइएमई बैँक लिमिटेड उपशाखाले वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । डिजिटल माध्यमबाट कारोबार गर्न थप प्रेरित गर्ने उदेस्यले कार्यक्रमको आयोजना गरिएको हो ।
मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेविड कार्ड, क्रेडिट कार्ड, क्यूआर कोड पेमेन्ट, ट्राभल कार्ड, युज कार्ड, मिस्कल बैंकिङ्ग, कोर्पेरेट पे लगायतका विषयमा जानकारी गराइएको खोडपे उपशाखाले जनाएको छ
आजको कार्यक्रममा ब्यापारी, कर्मचारी लगायत बिभिन्न पेसामा अबद्ध ब्याक्तीहरुको सहभागिता रहेको थियो
वित्तीय साक्षरता तथा डिजिटल बैँकिङ्ग सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।




