Vutlaxapu
Laxmibhuwan sun chadi

दार्चुलामा खैरो हेरोईन र चरेशसहित ३ जना पक्राउ

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

दार्चुलाः दार्चुलामा खैरो हेरोईन र चरेशसहित ३ जना पक्राउ परेका छन्।जिल्लाको महाकाली नगरपालिका–४ बाङ्गाबगरबाट अवैध लागूऔषध खैरो हेरोईन ४ ग्राम ९५० मिलिग्राम र चरेश ३८ ग्राम १५० मिलिग्राम र डिजिटल तराजु थान १ सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा दुहुँ गाउँपालिका–१ स्थायी घर भई हाल महाकाली नगरपालिका–४ बाङ्गाबगर बस्ने ३० वर्षीय रबि कुवर, नौगाड गाउँपालिका–१ दल्लेख बस्ने २२ वर्षीय देवेन्द्र चुनारा र व्यास गाउँपालिका–१ तिङकर बस्ने ३४ वर्षीय प्रलभ तिंकरी रहेका छन्।

रवि कुवँरको घरमा लागूऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले घर कोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित तीनै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page