


महेन्द्रनगर। कञ्चनपुरमा एक होटलमा युवाहरुबीच कुटाकुट भएको छ। शनिबार साँझ महेन्द्रनगरको गल्ली नम्बर ४ स्थित ग्राउन्ड प्यासेफिक होटलमा युवाहरुबीच झडप भएको हो। अहिले सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो भाइरल भइरहेको छ।

भिडियोमा ४ जना युवा खाजा खाइरहेको देखिन्छ। त्यसक्रममा बाहिरबाट आएका २ जनाले खाजा खाइरहेका युवामाथि हातपात गरेपछि उनीहरुबीच कुटाकुट भएको देखिन्छ। घटनामा संलग्न रहेको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिरेन्द्रसिंह थापाले बताए।
‘३ जनालाई नियन्त्रणमा लिएका छौं। उनीहरुमाथि अनुसन्धान भइरहेको छ। घटना के कारणले भएको हो भन्नेबारे बुझिरहेका छौं,’ उनले भने। कुटपिटबाट घाइते भएका भीमदत्त नगरपालिका-२ उल्टाखामका गोविन्द चन्दको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।




