Vutlaxapu
Laxmibhuwan sun chadi

घट्यो सुन-चाँदीको मूल्य, आज कतिमा हुँदैछ किनबेच?

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी:नेपाली बजारमा आज (आइतबार)सुन-चाँदीको भाउ घटेको छ।

शुक्रबार तोलामा एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ।

जय भगवति मेलौली सुनचाँदी

शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला पाँच हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार १० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page