Vutlaxapu
Laxmibhuwan sun chadi

बसन्तपुर बजार व्यवस्थापन समितिद्वारा शोक विदा घोषणा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी:बैतडीको पुर्चौंडी नगरपालिका–१ हाटस्थित बसन्तपुर बजार व्यवस्थापन समितिले शोक विदा दिने निर्णय गरेको छ। नेपाली कांग्रेस पुर्चौंडी नगरपालिका–५ का निवर्तमान सभापति, समाजसेवी तथा सफल व्यापारी दल बहादुर बोहराको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै समितिले एक दिन बजार बन्द गर्ने निर्णय गरेको हो।

जय भगवति मेलौली सुनचाँदी

समितिद्वारा जारी सूचनाअनुसार बसन्तपुर बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरू मृतक बोहराको निधनबाट स्तब्ध तथा मर्माहित भएका छन्। शोकको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ।

समितिले २०८३ साल जेठ १५ गते सम्पूर्ण व्यापार व्यवसाय बन्द गरी शोक विदा मनाउने निर्णय गरिएको जनाएको छ। उक्त जानकारी बजार व्यवस्थापन समितिका सचिव दिपेन्द्र बहादुर धानुकद्वारा हस्ताक्षरित सूचनामार्फत सार्वजनिक गरिएको हो।

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page