Vutlaxapu
Laxmibhuwan sun chadi

सुप सरकारमा मन्त्री फेर्ने विषयले एमालेमा ‘खैलाबैला

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेर्ने विषयले सत्ता साँझेदार एमाले भित्र तरङ्ग ल्याएको छ। हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरासिंह सार्की, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा र भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला साउँदलाई एमालेले फिर्ता बोलाउने भएको छ।उनीहरुको स्थानमा एमालेले सन्तोषकुरमारी थापा, चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी र जानकी ऐर बमलाई सरकारमा पठाउने भएको छ।

पार्टी केन्द्रको निर्देशनमा संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सरकारमा सहभागी हुने सांसदको नाम मुख्यमन्त्री कमलबहादुर शाहलाई बुझाइसकेको विवरण सार्वजनिक भएका छन्। सरकारमा नयाँ मन्त्री पठाउने निर्णय लिँदा केन्द्रले एकलौटी गरेको भन्दै एमाले भित्रै असन्तुष्टि बढेको छ।

संसदीय दलबाट औपचारिक निर्णय नगरी बहालवाला मन्त्री र प्रदेश कमिटीसँग सल्लाह नै नगरी संसदीय दलका नेता रावलले मन्त्री फेर्ने निर्णय लिएको भन्दै एमाले भित्र खैलाबैला सुरू भएको प्रदेश कमिटिका एक नेताको दाबी छ।

एमालेका प्रदेश स्तरीय एक नेताले केन्द्रले सरकारबाट मन्त्री फिर्ता गर्ने र नयाँ पठाउने विषयमा अनावश्य हस्तक्षेप गरेको बताए। उनले केन्द्रको निर्णय उपर कुनै छलफल नै नगरी संसदीय दलका नेता रावलले मन्त्री फिर्ता बोलाउन र नयाँ नियुक्त गर्न मुख्यमन्त्री शाहलाई नाम सिफारिस गरेको भन्दै पार्टीमा तीव्र असन्तुष्टि बढेको बताए। यद्दयपि एमाले संसदीय दलले यो विषयमा आधिकारिक निर्णय भने गरेको छैन।

जय भगवति मेलौली सुनचाँदी

पार्टीको प्रदेश कमिटी र संसदीय दलमा मन्त्री फेलबदलका विषयमा कुनै छलफल नै नभएको बताइएको छ। सरकारमा रहेका एक मन्त्रीले मन्त्री फिर्ता बोलाउने र नयाँ पठाउने विषयमा छलफल गर्न यो समाचार तयार गर्दासम्म एमाले संसदीय दलको बैठक नै नबसेको बताए। उनले बजेट ल्याउने समयमा मन्त्री हेरफेरको निर्णय भने उचित नभएको बताए।

 

यता, मन्त्री फेरबदलको सन्दर्भमा संसदीय दलका नेता रावलले पार्टीको प्रदेश कमिटी र संसदीय दलमा छलफल नगराएर केन्द्रको निर्णय नै गोप्य राखेको एमाले स्रोतको दाबी छ। उनले संसदीय दलको नेताको कार्यशैली विगतदेखि नै चित्त बुझ्दो नदेखिएकाले विकल्प खोज्ने विषयमा समेत प्रदेश सांसदहरूसँग छलफल भइरहेको दाबी गरेका छन्।

 

प्रदेश सभामा एमालेका ११ जना सांसद छन्। रावललाई संसदीय दलको नेताबाट हटाउन ६ जनाको समर्थन आवश्यक हुन्छ। रावललाई हटाउनु पर्छ भन्ने पक्षका सांसद सरकारमा मन्त्री हुन जान लागेको र हटाउनु हुन्न भन्ने पक्षका सांसद सरकारबाट फिर्ता हुन लागेको अवस्थामा संसदीय दलको नेता फेर्ने विषय सोचेजस्तो सहज नभएको सरकारमै रहेका एक मन्त्रीले बताए।

 

उनले सरकारबाट फिर्ता हुने र नयाँ मन्त्री पठाउने विषयमै संसदीय दलमा छलफल नभएकाले संसदीय दलको नेताबाट रावललाई हटाउने पक्षमा आफू भने नलाग्ने बताए।

 

काँग्रेसमा पनि मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयको टुङ्गो नलागेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेरबदलको प्रसङ्गले नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी र संसदीय दलभित्र खैलाबैला भएको पार्टी स्रोतको दाबी छ।

 

यसैबिच एमाले संसदीय दलको बैठक आजै बस्ने भएको छ। संसदीय दलको बैठकमा गरिने निर्णयले भावी दिशा निर्देश गर्ने स्रोतको भनाइ छ।#dineshkhabar

नागार्जुन मौरीपालन उधोग
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page