Vutlaxapu
Laxmibhuwan sun chadi

सुनसरी, धनुषा र सिराहामा कर्फ्यु, पर्सामा निषेधाज्ञा

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत परेको छ । घटनाको विरोधमा धनुषाको जनकपुर, सिराहाको गोलबजार तथा सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज लगायतका स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

जय भगवति मेलौली सुनचाँदी

स्थानीय प्रशासनले सुनसरीमा साउन ११ गतेदेखि लगाएको कर्फ्यु देवनगन्जसहित महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ । त्यस्तै,जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको बताए । जिल्ला प्रशासन कार्यालय सिराहाले पनि बिहीबारबाट लहान, गोलबजार, चोहर्वा क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ ।

प्रदर्शन हुन सक्ने आशङ्कामा पर्साको वीरगन्जमा बिहीबारै निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार बिहीबार साँझ ५ बजेदेखि भोलि शुक्रबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

वीरगन्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन नपाउने, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page