गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

डडेल्धुरामा देवर–भाउजूबीच अनैतिक सम्बन्धको हल्ला चलेपछि दुवै मृत फेला:

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

डडेल्धुरा: पशुपतिका श्रीमान् रबिन विक रोजगारीको शिलशिलामा भारत गएका थिए। त्यहि समयबाट उनको सम्बन्ध रबिनका भाई गणेश विकसँग रहन गयो। त्यो कुरा एक कान दुई कान हुँदै गाउँभरी फैलियो।

खालि ठाँउ २

डडेल्धुराको सानो गाउँ भावर बस्ने उनीहरुको सम्बन्ध श्रीमानले पनि थाहा पाए। आलिताल गाउँपालिका–५ मा भावरका गाउँलेले त्यो कुरा मिलाउन प्रयास गरे। करिब २ महिनाअघि श्रीमान् पनि गाउँ फर्किसकेको अवस्थामा वडा सदस्यको रहोबरमा देवर–भाउजूले आफ्नो अनैतिक सम्बन्ध त्याग्ने सम्झौता गरेका थिए। अब आइन्दा सम्बन्ध नराख्ने भनेर कागज नै भएको एक वडासदस्यले बताए। तर, सजिलै सम्बन्ध त्याग्न नसकेपछि देवर गणेशले आफूहरुको सम्बन्ध जोगाइदिन भन्दै प्रहरी चौकी आलिताललाई समेत गुहारेका थिए।
त्यो प्रयास असफल भएपछि आइतबार राति पशुपति र गणेश विक गाउँबाट भागेका थिए। त्यसपछि पती रबिनले उनीहरुको खोजी गरिदिन सोमबार बिहानै प्रहरीमा निवेदन दिएका थिए। खोजी गर्ने क्रममा उनीहरुको शव वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनको एक रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो। उनीहरु रुखमा प्लास्टिकको डोरीले झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

देवर–भाउजू मृत फेला पर्नुअघि एक बाख्रा गोठाला गणेश मडैले दुवैलाई देखेका थिए। ‘शव भेटिनुभन्दा अगाडि दुवै चाउचाउ खाइरहेका थिए। आधा एक घण्टापछि माथि जाँदा एक जनालाई झुण्डिएको अवस्थामा देखे’ उनी भन्छन्, ‘म डरले सिधै घर गए, घटनाबारे घरमा भने र घरबाट प्रहरीलाई जानकारी भयो। मैले झट्ट हेर्दा एउटै लाश देखेको थिए तर दुवै झुण्डिएका रहेछन्।’

शव फेला परेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक देवेन्द्र पाल घटनास्थल पुगेका थिए। ‘घटनास्थल अवलोकन गर्दा उनीहरु एउटै रुखको एउटै हाँगामा झुण्डिएको फेला परेका थिए। दुवैको शव जोगबुढा अस्पतालमा पोष्टमार्टमका लागि लगिएको थियो’ उनले भने, ‘आज मंगलबार पोष्टमार्टम भइसकेको छ। रिपोर्ट आएको छैन। शवमा बाहिरी चोट देखिएको थिएन। केवल घाँटीमा डोरीको छाप छ।’
पोष्टमार्टम रिपोर्टपछि मात्रै उक्त घटनाबारे विस्तृत खुल्ने उनले बताए। दुवैले आत्महत्या गरे वा उनीहरुको हत्या भएको भनि अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ।I .k

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page