Vutlaxapu
Laxmibhuwan sun chadi

खोडपे बजारमा दमकलबाट खानेपानीको आपूर्ति :

कहिले हुन्छ खोडपे बासिको समस्या समाधान?

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी,
बैतडीको पाटन ८ खोडपेमा दमकलबाट खानेपानीको आपूर्ति गरिएको छ । लिफ्टिङ खानेपानी योजना ५ दिनदेखि अबरुद्ध बनेपछि पाटन नगरपालिकाको दमकलबाट खानेपानीको आपूर्ति गरिएको हो ।
जिल्लाकै मुख्य ब्यापारीक केन्द्र रहेको खोडपे बजार क्षेत्रमा खानेपानीको चरम समस्या उत्पन्न भएपछि दमकलबाटै भएपननि खानेपानीको परिपूर्ति गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष एवम पाटन ८ का वडा अध्यक्ष हरिश बिष्टले जानकारी दिए ।
बेलाबेला सिद्धेस्वर खानेपानी योजनामा समस्या आउने गर्दछ । बिद्युतबाट लिफ्टिङ खानेपानी योजना सञ्चालनमा रहेको छ । उपकरणमा बेला बेला आउने समस्याका कारण खानेपानी योजना अबरुद्ध बन्ने गरेको खानेपानी योजनाका सचिव  मोहन बिष्टले बताए ।
खानेपानी योजना प्राविधिक कारणले समस्या आएको हुनाले छिट्टै मर्मतको काम भईरहेको खानेपानी योजना समितिले जनाएको छ । ‘मोटर चलाउन आवस्यक पर्ने भोल्टेज कम भएको छ, बुधबारसम्म सानो मोटर राखेरै भएपनि सञ्चालनमा ल्याईने छ’ अध्यक्ष बिष्टले भने, ‘उक्त मोटरले पनि काम गरेन भने, दमकलबाटै खानेपानीको परीपूर्ती गरिने छ ।’

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page