Vutlaxapu
Laxmibhuwan sun chadi

बैतडीमा आगलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित भण्डारीगाउँमा आगलागी हुँदा एक घर जलेर पूर्णरूपमा नष्ट भएको छ।

मंगलबार दिउँसो करिब २ बजेतिर जयबहादुर भण्डारी र मदन भण्डारीको दुई तले चारकोठे घरमा आगलागी भएको वडा अध्यक्ष सूर्यबहादुर बोहराले जानकारी दिए।

घरधनी जयबहादुर, मदनलगायत गाउँका अधिकांश पुरुषहरू मलामी गएका बेला आगलागी भएकाले समयमै आगो नियन्त्रणमा लिन नसकिएको वडा अध्यक्ष बोहराले बताए। गाउँमा तत्काल कोही नभएका कारण आगो फैलिँदै गएर घर पूर्णरूपमा क्षतिग्रस्त भएको उनले बताए।

जय भगवति मेलौली सुनचाँदी

आगलागीबाट घरभित्र रहेका ओढ्ने–ओछ्याउने सामान, लगाउने लत्ताकपडा, खाने अन्न तथा खाद्यान्न, भाँडाकुँडा, कृषि औजारलगायतका सामग्री जलेर नष्ट भएका छन्। त्यसैगरी, भविष्यमा घर निर्माण गर्ने उद्देश्यले चिरेर राखिएका २० थान काठ, दाउरा, खर तथा घाँससमेत जलेर नष्ट भएको बताइएको छ।

आगलागीबाट ५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको वडा अध्यक्ष बोहराले बताए।

घर पूर्णरूपमा जलेर नष्ट भएपछि भण्डारी परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page