Vutlaxapu
Laxmibhuwan sun chadi

भोटेकोशी बाढीमा सुदूरपश्चिम प्रदेशका झन्डै १०० नागरिक सम्पर्कविहीन

Betaleswar sun
न्यु मालिकार्जुन सुनचांदी
के बि बम

बैतडी ।रसुवाको भोटेकोशीमा बुधबार आएको भीषण बाढीमा परी सुदूरपश्चिम प्रदेशका झन्डै १०० नागरिक सम्पर्कविहीन भएका छन् ।कैलाली, कञ्चनपुरसहितका जिल्लाका गरेर करीब १०० व्यक्तिहरू सम्पर्कविहीन भएको प्रारम्भिक विवरण आएको छ । अहिलेसम्म ९० जना नागरिक प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएको विवरण प्राप्त भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न प्रहरी कार्यालयमा प्राप्त जानकारीअनुसार अहिलेसम्म ९० जना सम्पर्कविहीन रहेको खुलेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर बिष्टले जानकारी दिए ।

जय भगवति मेलौली सुनचाँदी

उनका अनुसार सबैभन्दा धेरै कञ्चनपुरका २९, कैलालीका २०, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका ४, दार्चुला ३, डोटीका २, बझाङका २ र अछामका १ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

यी मध्ये ४ जना प्रहरी कर्मचारी रहेका छन् । सम्पर्कविहीन हुने प्रहरी कर्मचारीमा प्रहरी हवलदार नरेन्द्र प्रसाद भट्ट, प्रहरी सहायक हवलदार हिक्मत महरा, प्रहरी जवान नारद सार्की र सशस्त्र प्रहरी जवान बिनिता बोहरा रहेको एसएसपी बिष्टले बताए ।

सम्पर्कविहीन हुनेमा रसुवामा विभिन्न हाइड्रो पावरमा काम गर्ने मजदुर, प्रहरी, निजामती कर्मचारी र तथा विभिन्न निजी क्षेत्रमा कार्यरत कर्मचारी रहेका छन् ।

बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तलाई अनुरोध गरेको छ । अहिले सम्बन्धित व्यक्तिका आफन्तले विवरण टिपाउने काम गरिरहेका छन् । बाढीमा सम्पर्कविहीन हुनेको संख्या बढ्न सक्ने अनुमान प्रहरीको छ ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page