Vutlaxapu
Laxmibhuwan sun chadi

भोटेकोशी बाढीमा सम्पर्कविहीन सुदूरपश्चिमका १४० मध्ये १० जना सकुशल भेटिए

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका सुदूरपश्चिम प्रदेशका १४० जनामध्ये १० जना सकुशल सम्पर्कमा आएका छन्।प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का सुनिल चौधरी, वडा नम्बर ६ की चन्दा जोशी, वेदकोट नगरपालिकाका अजय राना, सुरेश राना, सन्तोष राना, बेलौरीका नवीन चौधरी, आदर्श चौधरी, कञ्चनपुरकै राकेश भट्ट र प्रदीप चन्द तथा डडेल्धुराका सुनिल बुढामगर सकुशल भेटिएका हुन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर बिष्टका अनुसार सकुशल भेटिएकामध्ये सात जना हाइड्रोपावरमा कार्यरत छन् भने चन्दा जोशी नर्सिङकी विद्यार्थी हुन्। अन्य दुई जना के कामका लागि रसुवा पुगेका थिए भन्ने खुलेको छैन।

जय भगवति मेलौली सुनचाँदी

भोटेकोशीमा आएको बाढीपछि सुदूरपश्चिमका विभिन्न जिल्लाका १४० जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। १० जना सकुशल सम्पर्कमा आएसँगै अब १३० जना अझै सम्पर्कविहीन छन्।

उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेको प्रहरीले जनाएको छ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page