Vutlaxapu
Laxmibhuwan sun chadi

चार सय ६९ जनाको शव फेला, १५४५ को उद्धार

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

काठमाडौँः रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ।नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी गरिनेछ।

हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङ तीन जना गरी एक हजार ५४५ जनाको उद्धार गरिएको नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले जानकारी दिए। हाल काठमाडौँ उपत्यकाका विभिन्न अस्पताललमा ६० घाइतेको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा ३१, ट्रमा सेन्टरमा २०, वीर अस्पतालमा दुई, वीरेन्द्र सैनिक अस्पतालमा एक, नर्भिक अस्पतालमा एक, मनमोहन अस्पतालमा दुई, बिएण्डबी अस्पतालमा दुई र ग्राण्डी अस्पतालमा एक जनाको उपचार भइरहेको छ।

जय भगवति मेलौली सुनचाँदी

बाढीमा परी हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८, सशस्त्र  प्रहरी बल, नेपालका १३, भन्सार कार्यालय टिमुरेका १५ र अध्यागमन कार्यालय टिमुरेका चार कर्मचारी सम्पर्कविहीन छन्। हालसम्म सर्वसाधारणसहित दुई हजार ३८१ जना रसुवा बाढीपछि सम्पर्कविहीन रहेका प्रहरीले जनाएको छ। सम्पर्क हुन नसकेका मध्येमा भारतका १७८ सहित ६४४ विदेशी नागरिक रहेका छन्। यसैगरी विदेशमा रही नेपाल घुम्न आएका १२७ नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।

साथै, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३, क्यानडाका २५, सिङ्गापुरका नौ, जर्मनीका आठ, रसियाका आठ, दक्षिण अफ्रिकाका छ, लाटभियाका छ, जापानका पाँच, न्युजिल्याण्डका पाँच, फ्रान्सका चार, बेल्जियमका तीन र स्पेनका तीन नागरिक सम्पर्कविहीन छन्।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page