Vutlaxapu
Laxmibhuwan sun chadi

रसुवा बाढी प्रभावितलाई २ करोड दिने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई २ करोड रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आज शुक्रबार बसेको सुदूरपश्चिम प्रदेश मन्त्रीपरिषदको बैठकले प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि प्रदेश सरकारका तर्फबाट रु. २ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको हो ।

जय भगवति मेलौली सुनचाँदी

त्यस्तै,प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रदेश सरकारका मन्त्रीहरूले एक महिनाको पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं उद्योग,पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाशबहादुर रावलले जानकारी दिए ।

बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने समेत निर्णय गरिएको मन्त्री रावलले बताए ।

त्यसैगरी,बैठकले सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्णप्रकाश भट्ट,सदस्यहरूमा गंगादत्त जोशी र हीरा चन्दलाई नियुक्त गर्ने निर्णय गरेको उनले बताए ।

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page