गोबिन्द कँक्रिट उधोग
Laxmibhuwan sun chadi

रवि लामिछानेले छाडे टेलिभिजन, अब राजनीतिमा होमिने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
खालि ठाँउ २

काठमाडौं:टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आउने भएका छन् ।  राजनीतिमा होमिने लक्ष्यका साथ उनले हाल कार्यरत ग्यालेक्सी टेलिभिजन छाडेका छन् । उनलाई ग्यालेक्सी टेलिभिजनका कर्मचारीहरुले बिहीबारै बिदाइ गरेका छन् । उनले आगामी कात्तिक वा मंसिरमा हुने संघीय निर्वाचनमा उम्मेदवारी दिने लक्ष्यका साथ ग्यालेक्सी टिभी छाडेको बताइएको छ । यद्यपि उनले कहाँबाट चुनाव लड्ने भन्नेबारे स्पष्ट पारेका छैनन् । उनी निकटस्थहरुले छिट्टै नै लामिछानेले पत्रकार सम्मेलन वा डिजिटल फोरमबाट आफ्नो भावी योजना सुनाउने तयारी गरेका छन् । न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाएर चर्चित बनेका लामिछाने पछिल्लो समय आफ्नो समेत लगानी रहेको ग्यालेक्सी टिभीमा सक्रिय थिए । त्यहाँ पनि उनले ‘सिधा कुरा’ कार्यक्रम सञ्चालन गर्दै आएका थिए । सिधा कुरामा उनको बिहीबारको एपिसोड अन्तिम रहने बताइएको छ । त्यसपछि उनले सहकर्मीलाई आफ्नो कार्यक्रम हस्तान्तरण गर्ने छन् ।#रा

 

Hunainath farmecy clinic
Ganesh Sun chadi
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page