Vutlaxapu
Laxmibhuwan sun chadi

भोटेकोशी बाढीपीडितका लागि पञ्चेश्वर गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने

new malikarjun sunchadi
नेपालगंज टेलरिङ्ग सेन्टर
के बि बम
जय भगवति मेलौली सुनचाँदी

बैतडी — भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बैतडीको पञ्चेश्वर गाउँपालिकाले ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दद्वारा जारी अपिलमा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति दुःख व्यक्त गरिएको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बाढी तथा पहिरो प्रभावित नागरिकको खोज, उद्धार, तत्कालीन राहत, स्वास्थ्य उपचार तथा पुनःस्थापनामा ऐक्यबद्धता जनाउँदै पञ्चेश्वर गाउँपालिकाको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख सहयोग रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले उक्त सहयोग रकम नविल बैंकमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने जनाएको छ। साथै, विपद्को कठिन घडीमा एक–आपसमा सहयोग र समन्वय गर्दै अघि बढ्न सम्पूर्ण नागरिकलाई गाउँपालिकाले अपिल गरेको छ।

 

नागार्जुन मौरीपालन उधोग
Ruparoshan kirana
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page